अधिकांश स्थानमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ०६:३७

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपालमा सामान्यभन्दा उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली अझ प्रभावशाली बनेको हो । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ ।

Advertisement

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

हिमाली क्षेत्रका केही स्थानमा तथा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राति पनि मनसुनी प्रभाव कायम रहने जनाइएको छ ।

राति हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेश प्रदेश तथा लुम्बिनीका तराई क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ ।

महाशाखाले रातिको समयमा पनि कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्
सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×