राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ११:२५

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाह (बालेन)ले आज (बिहीबार)राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ ।

बैठकमा सुनसरीमा हालै भएको घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षासँग सम्बन्धित समसामयिक विषय तथा सुरक्षा निकायको समन्वयका बारेमा छलफल हुने जनाइएको छ । पछिल्ला घटनाक्रमका कारण सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषय पनि बैठकको एजेन्डामा रहने अपेक्षा गरिएको छ ।

Advertisement

संविधानको व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी नीति निर्माणमा सरकारलाई आवश्यक सुझाव र सिफारिस गर्ने भूमिका निर्वाह गर्छ । परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि कार्ययोजना तयार गर्ने, सुरक्षा निकायलाई आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति तय गर्ने लगायतका जिम्मेवारी पनि वहन गर्छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीसहित रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ । रक्षा सचिवले परिषद्को सदस्य सचिवका रूपमा काम गर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुग्यो, विराटनगरमा उपचाररत अर्का घाइतेको पनि मृत्यु
सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना
कर्फ्युमा अलपत्र २८९ सवारी साधनलाई प्रहरीले गरायो स्कटिङ
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×