कर्फ्युमा अलपत्र २८९ सवारी साधनलाई प्रहरीले गरायो स्कटिङ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १३:२८

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जारी कर्फ्युका कारण अलपत्र परेका २८९ वटा सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि सयौँ यात्रु तथा मालवाहक सवारी साधन सुनसरीको पकली र सप्तरीको भारदह क्षेत्रमा रोकिएका थिए। अलपत्र परेका यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्दै गन्तव्यसम्म पुर्‍याउन प्रहरीले स्कटिङको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बताए।

Advertisement

डीएसपी खड्काका अनुसार कोशी ब्यारेजको पूर्वतर्फ जानुपर्ने यात्रुवाहक बस, मालवाहक ट्रक तथा अन्य गरी २२१ वटा सवारी साधनलाई स्कटिङ गर्दै पूर्वतर्फ पठाइएको छ। त्यसैगरी इटहरीको पकलीबाट पश्चिमतर्फ जाने ६८ वटा सवारी साधनलाई पनि सुरक्षा व्यवस्थासहित कोशी ब्यारेज पार गराई गन्तव्यतर्फ पठाइएको छ।

गत आइतबार देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि सुनसरीको अवस्था तनावग्रस्त बनेको थियो। सुरक्षा व्यवस्था कडा पारिएसँगै बिहीबार बिहानदेखि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात र सर्वसाधारणको आवागमन विस्तारै सहज हुन थाले पनि जिल्ला प्रशासन कार्यालयले भने कर्फ्यु आदेश यथावत् राखेको छ। शान्ति–सुरक्षा पूर्ण रूपमा सुनिश्चित भएपछि मात्र कर्फ्युबारे थप निर्णय गरिने जिल्ला प्रशासनले जनाएको छ।

तपाइको प्रतिक्रिया
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
नेप्सेमा साताको अन्तिम दिन सामान्य सुधार, ४९ अंकको गिरावट
बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
संयम रहन र सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×