सिरहामा झडप, ११ भन्दा बढी मोटरसाइकल जलाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १५:२६

लाहान। सुनसरीको कप्तानगन्ज घटनाको प्रभाव सिरहामा पनि परेको छ। सिरहामा दुई समूहबीच झडप हुनुका साथै ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ।

झडपमा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।

Advertisement

आगजनीबाट सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्। गोलबजार नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो।

स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन भने रोकिएको छैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×