तराईमा बढेको अशान्तिप्रति उद्योग वाणिज्य महासंघको चिन्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:०१

काठमाडौं। सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा विगत केही दिनदेखि देखिएको अशान्त वातावरण, झडप र सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, झडपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

Advertisement

नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक र बहुधार्मिक एकताको देश रहेको स्मरण गराउँदै महासंघले सामाजिक अशान्ति र हिंसाले कसैको पनि हित नगर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको दैनिक जीवनयापन मात्र होइन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउँछ। सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पहिलो पूर्वसर्त हो।’

महासङ्घले जुनसुकै प्रकारका मतभेद वा असमझदारीलाई शान्तिपूर्ण वार्ता र आपसी संवादबाट मात्र समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ। सुनसरीको कप्तानगञ्ज लगायतका संवेदनशील क्षेत्रहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासङ्घले स्थानीय प्रशासन र सरकारसँग जोडदार माग गरेको छ।

कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहको पछि नलागी संयमता अपनाउन र परम्परागत भाइचारालाई मजबुत बनाउन सर्वसाधारणमा अपिल गरिएको छ।

महासङ्घले तराईको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी र स्थानीय अगुवाहरूलाई सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आह्वान गरेको छ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.