मधेस प्रदेशमा प्रदर्शन चर्किएपछि थप प्रहरी परिचालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:३८

काठमाडौं। मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन छिमेकी बागमती प्रदेशका प्रहरी युनिटहरूलाई प्रदर्शन स्थलमा खटाइएको छ। बागमती प्रदेशअन्तर्गतका विभिन्न गण र तालिम केन्द्रमा कार्यरत प्रहरीलाई मधेसमा केन्द्रित गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

विशेष गरी सिरहा, सप्तरी, धनुषा, बारा र पर्सामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन नजिकका युनिटहरूबाट थप प्रहरी टोली पठाइएको हो। प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार बागमती प्रदेशका विभिन्न युनिटबाट खटिएका प्रहरीहरू मधेसका जिल्लाहरूमा पुगिसकेका छन् भने केही टोली जाने क्रममा छन्।

Advertisement

सिन्धुलीस्थित दुधौली तालिम केन्द्र, विशेष प्रहरी गण ढल्केबर, रातमाटे गण, बागमती प्रदेश प्रहरी गण हेटौँडा, भरतपुर तालिम केन्द्र र सप्तरीस्थित राजविराज तालिम केन्द्रका प्रहरी टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

यस्तै, स्थिति सुरक्षा व्यवस्थापन र कमान्ड सम्हाल्नका लागि प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमरेन्द्र बहादुर सिंहलाई मधेस प्रदेश पठाइएको छ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.