‘दर्दनाक अवस्था नदोहोरियोस्’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:२६

काठमाडौं। चर्चित एवं लोकप्रिय लोक-रक साङ्गीतिक ब्यान्ड ‘नेपथ्य’ का मुख्य गायक अमृत गुरुङले तराई–मधेसमा भइरहेको पछिल्लो हिंसात्मक गतिविधिप्रति लक्षित गर्दै सरकार र राजनीतिक नेतृत्वलाई सचेत गराएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले तराई-मधेसको स्थितिलाई हलुका रूपमा नलिन सरकार र सरकारनिकट राजनीतिज्ञहरूलाई आग्रह गरेका हुन्।

Advertisement

‘प्रिय सरकार र सरकारसँग नजिकका राजनीतिज्ञहरू, तराई-मधेसलाई हलुका रूपमा नलिनुहोस्,’ उनले लेखेका छन्, ‘माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनका बेला समस्यासँग जुधेका नेता, प्रहरी, सेना र प्रशासकहरूसँग छलफल गर्नुहोस्, उनीहरूको सल्लाह सुन्नुहोस्।’

विगतको इतिहास स्मरण गराउँदै गुरुङले २०-२५ वर्षअघिको घटनाक्रम अध्ययन गर्न र त्यसबाट पाठ सिक्न सुझाव दिएका छन्। त्यसताका आफूले भ्रमण गरेको मधेसको स्थिति अझै सम्झनामा रहेको उल्लेख गर्दै उनले पुनः त्यस्तै दर्दनाक अवस्था नदोहोरियोस् भनी कामना समेत गरेका छन्।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.