निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन १४, बिहीबार १९:५६

वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा विकसित प्रदर्शन, विरोध तथा संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा बहुजातीय, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्र भएकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।

प्रशासनले १५ गते बिहान ६ बजेसम्म लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न अनुरोध गरेको छ।

यस्तै, सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति-सुरक्षामा असर पर्ने किसिमका सामग्री पोस्ट वा सेयर गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले कुनै पनि विवाद वा असहमतिको समाधान कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादबाट मात्र गर्न आग्रह गर्दै कानुन हातमा नलिन, सार्वजनिक सम्पत्तिको क्षति नपुर्‍याउन तथा सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेको छ। विविधतामा एकता नै पर्साको पहिचान र शक्ति भएको उल्लेख गर्दै प्रशासनले सबैलाई संयमित रहन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.