हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २०:०६

विराटनगर । सुनसरी लगायतका जिल्लामा पछिल्लो समय विकसित भएका घटनाहरूलाई लिएर धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने तथा हिंसा र त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूमाथि प्रेस काउन्सिल नेपालले कारबाही सुरु गरेको छ।

काउन्सिलले गरेको स्वअनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री प्रवाह गरेको पाइएपछि विभिन्न ११ वटा मिडिया र सामाजिक सञ्जालहरूलाई कारबाहीको दायरामा ल्याएको हो।

Advertisement

काउन्सिलको अनुगमन महाशाखाका अनुसार ११ वटा मिडियाका १४ वटा आपत्तिजनक सामग्री पहिचान गरी ती सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। जसमध्ये बिहीबार १० वटा मिडियाले निर्देशन पालना गरी सामग्री हटाए पनि ‘HTPKHABAR’ ले भने निर्देशन पालना नगरेको काउन्सिलले जनाएको छ।

त्यसैगरी, दर्ता नभएका दुईवटा सामाजिक सञ्जालका सातवटा सामग्रीका विषयमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ।

काउन्सिलले १३ साउनमा निर्देशन दिएका तर पालना हुन बाँकी रहेका सातवटा सामग्रीहरूको दोस्रो पटकको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। जसअनुसार पाँचवटा मिडिया र एउटा दर्ता नभएको सामाजिक सञ्जालले निर्देशन पालना गर्दै सामग्री हटाएका छन्।

तर, ‘Onlinepatrika’ ले सामग्री हटाएको भनी काउन्सिललाई मेसेज पठाए पनि वास्तविक रूपमा सामग्री नहटाएको पाइएपछि उसलाई पुनः सचेत गराइएको छ। यस्तै, ‘nepaltrantra’ नामक सामाजिक सञ्जाल अकाउन्टका सातवटा सामग्री हटाउन दिइएको मौखिक निर्देशनलाई उसले हालसम्म पनि अस्वीकार गरिरहेको काउन्सिलले जनाएको छ।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.