तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २०:५४

काठमाडौं। सुनसरीको देवानगञ्ज तथा सिरहा लगायतका स्थानमा विकसित घटना र उत्पन्न अशान्त वातावरणलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले दुःखद घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउँदै ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको प्रभावकारी उपचारका लागि स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए।

Advertisement

प्रधानमन्त्री शाहका अनुसार गृह मन्त्रालयले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि समिति गठन गरिसकेको छ। स्थानीय स्तरमा स्थिति प्रत्यक्ष अनुगमन र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको र राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी आवश्यक निर्णयहरू लिइएको उनले स्पष्ट पारे। केन्द्रमा सर्वदलीय बैठक र स्थानीय तहमा निरन्तर संवाद भइरहेको उनको भनाइ छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक दिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए। कुनै एक स्थानको घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशैभर प्रतिशोधको आगो फैलाउने कार्य न्यायसङ्गत नहुने भन्दै उनले अराजकता फैलाउनेमाथि कडा कदम चालिने चेतावनी दिए।

सामाजिक सञ्जालमार्फत अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न र सरकारी निकायका आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गर्दै उनले सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक अगुवा तथा सञ्चारमाध्यमलाई राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न आह्वान गरे।

तपाइको प्रतिक्रिया
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा
लघुवित्त विवादमा सहमति, आन्दोलन र अनशन स्थगित
उच्च सुरक्षा घेरामा तराई–मधेश, गृहमन्त्रीदेखि एआईजीसम्म फिल्डमा
परिवारले शव बुझेर लगे, गाउँमा अझै अशान्तिको छाया
फेरि खरानी बन्न चाहँदैन विराटनगर, विगतको पीडाले माग्दैछ संयम र सद्भाव
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.