उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २१:०३

विराटनगर । उदयपुर र झापामा बिहीबार डुबेर दाजुभाइसहित चार बालकको मृत्यु भएको छ । उदयपुरमा तीन र झापामा एकसहित चार जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको हो । तीन जनामध्ये दुई जना एकै घरका दाजुभाइ छन् ।

Advertisement

कटारी–३ निवासी ११ वर्षीय सुमितकुमार दनुवार, उनका ७ वर्षीय भाइ सुगमकुमार दनुवार तथा उनीहरूका नातेदार ८ वर्षीय आदित्यकुमार दनुवारको मृत्यु भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार बिहीबार साँझ करिब ५ः३० बजे तीनै जना बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बलको संयुक्त टोली तत्काल खोजीमा खटिएको थियो ।

खोजतलासका क्रममा कटारी–३ स्थित हडैया खहरे खोलामा पानी जमेर बनेको गहिरो खाल्डोमा डुबिरहेको अवस्थामा उनीहरु फेला परेका थिए । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरिदिए ।

तीनै जना बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ । घटनाको इलाका प्रहरी कार्यालय कटारीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा रहेको कप्तान जनसमूह पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुद्धशान्ति–४ आइतबारे बस्ने बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको हो ।

प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । बालक कसरी पैनीमा डुबेका हुन् भन्ने यकिन हुन बाँकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वर्षायाममा नदी, खोला, पैनी तथा पानी जमेको गहिरो खाल्डोमा बालबालिकालाई एक्लै जान नदिन र विशेष सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ । सावधानीले मात्रै ज्यान जोगाउन सकिने कुरा सबैले बुझ्न जरुरी रहेको एसएसपी थापाले बताए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा नाराबाजी र प्रदर्शनबीच गृहमन्त्रीले भेटे गोलीकाण्डका घाइते, विमानस्थलमै एक घण्टा सुरक्षा ब्रिफिङ
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×