कप्तानगन्ज घटनालाई लिएर राष्ट्रिय सभामा सरकारको आलोचना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १५:२०

काठमाडौं । सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्। शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न धार्मिक तनाव र झडपबारे प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने माग गरे। मधेसमा सिर्जित परिस्थितिबारे सदनलाई जवाफ दिनका लागि सरकारलाई रुलिङ गर्न उनीहरूले अध्यक्षको ध्यानाकर्षण गराए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा ओमप्रकाश मेहताको हत्याले मुलुकलाई स्तब्ध बनाएको बताइन्। घटनाले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा गम्भीर असर पुर्‍याइरहेको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नदेखिएको आरोप लगाइन्।

Advertisement

सरकार आफैँले बोलाएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री अनुपस्थित रहेको र तनाव सुरु हुनासाथ राष्ट्रका नाममा सम्बोधन नगर्दा क्षति बढेको उनको भनाइ थियो। सुनसरीमा कसको आदेशमा गोली चलाइएको हो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र यसबारे प्रधानमन्त्रीलाई नै रुलिङ गर्न उनले माग गरिन्।

नेकपा (एमाले) की मुख्य सचेतक रोशनी मेचेले संवादबाट समस्या हल गर्नुको सट्टा सरकारले बर्बरताको बाटो रोजेको भन्दै भर्त्सना गरिन्। मधेस प्रदेशमा धार्मिक तनावको आगो बलिरहँदा सरकार मौन बसेको र नागरिक बचाउनुको साटो गोली प्रहारमा उत्रिएको आरोप उनले लगाइन्। सांसदहरूले मधेसमा भएको घटनाबारे सरकारको आधिकारिक धारणा संसदमार्फत तत्काल सार्वजनिक गर्न जोडदार माग गरे।

तपाइको प्रतिक्रिया
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
नेप्सेमा साताको अन्तिम दिन सामान्य सुधार, ४९ अंकको गिरावट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.