म संघीयता विरोधी होइन : प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १५:३०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू संघीयताको पक्षधर रहेको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा विकसित साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयता कार्यान्वयनबारे मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलमा उनले आफ्नो धारणा राखे।

छलफलपछि राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले आफूलाई संघीयता विरोधीका रूपमा नलिन आग्रह गरेको जानकारी दिए। सपनामा पनि आफू वा आफ्नो पार्टी सङ्घीयता विरुद्ध नरहेको भन्दै विगतमा प्रयोग गरेको शब्दको अर्थ यसलाई अझ बलियो र अधिकारसम्पन्न बनाउने रहेको प्रधानमन्त्रीले स्पष्ट पारे। संघीयतालाई कमजोर हुन नदिने र यसलाई कसरी थप समावेशी बनाउने भन्नेमा आफू चिन्तित रहेको उनले बताए।

Advertisement

छलफलका क्रममा मधेसी नेताहरूले सुनसरी र सिराहाका घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए। सुरक्षा संयन्त्रले समयमा काम नगरेको र गृहमन्त्री घट्नास्थलमा ढिलो पुगेको भन्दै उनीहरूले आलोचना गरे।

साम्प्रदायिक दङ्गा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमै स्थायी रूपमा ‘र्‍यापिड टोली’ गठन गर्न र अप्रिय घटना भए तीन घण्टाभित्र वार्ता तथा व्यवस्थापनमार्फत समाधान खोज्न उनीहरूले सुझाव दिए।

झन्डै साढे दुई घण्टा चलेको छलफलमा प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम राख्न ठोस कदम चाल्ने प्रतिबद्धता जनाउँदै सौहार्दपूर्ण वातावरण बनाउन अपिल गरे।

तपाइको प्रतिक्रिया
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
नेप्सेमा साताको अन्तिम दिन सामान्य सुधार, ४९ अंकको गिरावट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.