बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १५:३९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी ओहोदा र लाभ लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो।

दासले प्रतिष्ठानमा कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कुल परीक्षा बोर्ड, पटनाबाट इन्टरमिडिएट तह र श्री वेंकटेश्वर विश्वविद्यालय, तिरुपतिबाट ब्याचलर अफ इन्जिनियरिङको झुटो तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ। उनले ती नक्कली प्रमाणपत्रका आधारमा इन्जिनियर पदमा नियुक्त भई सरकारी ओहोदा, तलब, भत्ता र अन्य सेवा-सुविधा प्राप्त गरेको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

आयोगले दासको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। सोही ऐनको व्यवस्थाअनुसार उनलाई कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी गरिएको प्रवक्ता न्यौपानेले बताए।

तपाइको प्रतिक्रिया
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
नेप्सेमा साताको अन्तिम दिन सामान्य सुधार, ४९ अंकको गिरावट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.