कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १७:२१

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा मृत्यु भएका दुई जना युवाको शव पोस्टमार्टमका लागि केही समयअघि विराटनगरस्थित न्युरो अस्पतालबाट कोशी अस्पताल लगिएको छ । पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारको जिम्मा लगाउने तयारी गरिएको छ ।

कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन गत आइतबार राति सशस्त्र प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो । त्यस्तै, देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार दिउँसो मृत्यु भएको थियो ।

Advertisement

दुवै शव न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । सरकार र मृतक पक्षबीच बिहीबार राति सहमति भएपछि शुक्रबार पोस्टमार्टम प्रक्रिया अघि बढाइएको हो । प्रहरीका अनुसार पोस्टमार्टम सकिएपछि कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाइनेछ । त्यसपछि परिवारले अन्त्येष्टि गर्ने छ ।

तपाइको प्रतिक्रिया
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.