नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार २१:२४
नेपाल प्रहरीका ३ डीएसपी र ५ इन्सपेक्टरको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र पाँच जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार उनीहरूको जिम्मेवारीमा हेरफेर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपी मदनजीत महरालाई प्रहरी वृत्त बौद्धको जिम्मेवारी दिइएको छ । बौद्धमा कार्यरत डीएसपी सन्तोष रोक्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा तानिएको छ ।
त्यस्तै, डीएसपी सूर्यबहादुर बोगटीलाई वडा प्रहरी कार्यालय बैदाम (कास्की) सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी ज्ञानबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुरको कमान्ड सम्हाल्ने गरी पठाइएको छ ।

Advertisement

डीएसपीसँगै पाँच जना इन्सपेक्टरको पनि कार्यक्षेत्र परिवर्तन गरिएको छ । इन्स्पेक्टर सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार (कास्की) मा पठाइएको छ भने यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ (ललितपुर) को जिम्मेवारी दिइएको छ।

यसैगरी, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला (महोत्तरी), सुरेन्द्र विक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन (सर्लाही) र दीपक खकुरेललाई इलाका प्रहरी कार्यालय गोलबजार (सिरहा) मा सरुवा गरिएको छ।

प्रहरीले शान्ति सुरक्षा र प्रशासनिक आवश्यकतालाई मध्यनजर गर्दै नियमित प्रक्रियाअन्तर्गत यो काज सरुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डमा सरकारको अपरिपक्वता : मृतकको शव जलिसक्यो, स्थायी समाधान अधुरै
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
दीपमाला ढकाल बनिन् ‘मिस नेपाल’
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
नेपालको राष्ट्रियता र स्थायित्वका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
राष्ट्रियताका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
श्रीलंकामा पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्ड
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हिमपहिरोमा अस्ताए निर्मल पुर्जासहित ६ नेपाली आरोही
निर्मल पुर्जाको निधनमा प्रधानमन्त्री, ‘साहस अमर रहनेछ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.