
विराटनगर । मोरङमा साइकलबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ । कटहरी गाउँपालिका–३ मा दुर्घटना भएको हो ।
साइकलबाट लडेर कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलमा घरतर्फ जाने क्रममा अचानक खाल्डोमा लडेर गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि विराटनगरको प्राइम अस्पताल लगिएको थियो ।
त्यहाँ सम्भव नभएपछि विराट शिक्षण अस्पताल लगिएको । विराट पुर्याउनेवित्तिकै शुक्रबार दिउँसो २ः१० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा राति ९ः४५ बजेतिर मात्रै जानकारी पाएको थियो ।
निर्माणाधीन सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























