धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १९:०१
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । धनकुटाको चौबिसे गाउँपालिका–४ फलौमेटारबाट ठुलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ८०४ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको एक घरमा खानतलासी गरिएको थियो । सो क्रममा प्लास्टिकका ४८ वटा बोरामा लुकाएर राखिएको अवस्थामा कुल ८०४ केजी गाँजा बरामद भएको हो ।

बरामद गाँजा र पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×