काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:०३

काठमाडौं । काभा च्याम्पियन्स लिग (महिला) भलिबल प्रतियोगिता नेपालमा हुने भएको छ। आगामी कात्तिक १५ देखि २१ गतेसम्म (नोभेम्बर १-७) नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

बैठकले काभा च्याम्पियन्स लिग आयोजनासहित अन्य विभिन्न निर्णयहरू गरेको छ। संघको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको छ भने महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी अनुमोदनसमेत गरेको छ।

त्यस्तै नेपाल भलिबल संघ स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्साहका साथ ‘गोल्डेन जुबली’ का रूपमा मनाउने निर्णय भएको अध्यक्ष चन्दले बताए। भलिबल संघको आगामी १३औँ चुनावी साधारण सभालाई लक्षित गर्दै असोज १५ गतेभित्र सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय भएको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गरिएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×