धनुषामा कर्फ्यु हटेपछि रेल सेवा पुनः सञ्चालनमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:०६

जनकपुरधाम । धनुषामा कर्फ्यु हटेपछि बन्द भएको रेल सेवा पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि आजदेखि रेल सेवा सुरु भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहका अनुसार जयनगर-जनकपुर-भंगहा खण्डमा पूर्वनिर्धारित समयअनुसार बिहान १० बजेदेखि नियमित रूपमा रेल चल्न थालेको छ।

Advertisement

यसअघि स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि कम्पनीले सूचना जारी गर्दै रेल सेवा स्थगन गरेको थियो। प्रशासनले शनिबार कर्फ्यु आदेश हटाएपछि आजदेखि सेवा पूर्ववत् रूपमा सञ्चालनमा ल्याइएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.