२४ घण्टामा विपद्का ३४ घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:५३

काठमाडौं । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १०ः०० देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।

ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् । उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् ।

Advertisement

ती घटनाबाट २७ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।

यसैबीच, प्राधिकरणले गत वैशाख १ देखि आज आइतबार बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.