साउनको तेस्रो सोमबार: देशभरका शिवालयमा भक्तजनको घुइँचो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ११:१०

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका प्रमुख शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। साउन महिना भगवान शिवको विशेष प्रिय महिना मानिने भएकाले बिहानैदेखि परिरहेको पानीको प्रवाह नगरी भक्तजनहरु छाता ओढेर र वर्षामा रुझ्दै दर्शनका लागि लामबद्ध भएका छन्।

दर्शनार्थीको सहजतालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहानैदेखि खुला गरेको छ। मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ भने सुन्दरीजलबाट जल ल्याएर चढाउने बोलबम यात्रीका लागि विशेष प्राथमिकतासहित बेग्लै व्यवस्था मिलाइएको कोषले जनाएको छ।

Advertisement

पशुपतिनाथका साथै उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, भक्तपुरको डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित सानो पशुपतिनाथका रूपमा परिचित मक्खन महादेवलगायत साना-ठूला सबै शिव मन्दिरमा बिहानैदेखि पूजाअर्चना गर्नेहरूको घुइँचो छ।

त्यस्तै उपत्यकाबाहिरका प्रसिद्ध शिवालयहरूमा पनि श्रद्धालुको उल्लेख्य उपस्थिति छ। पूर्वको धरानस्थित पिण्डेश्वर, विराटनगरको वासुकी, झापाको धामीझोडा तथा अर्जुनधारा, र खोटाङको हलेसी महादेव मन्दिरमा पनि बिहानैदेखि जल चढाउने र पूजाआजा गर्ने भक्तजनको ठूलो भीड लागेको छ। साउने सोमबारका दिन शिवको विशेष पूजाआजा र व्रत बस्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

तपाइको प्रतिक्रिया
जुलाईमा भित्रिए ७१ हजारभन्दा बढी विदेशी पर्यटक
सुनकोशीमा खसेको कार र ३ जनाको खोजीमा गोताखोर परिचालन
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो
सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.