नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:२५

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर सडक दुवैतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। सोमबार बिहान लेदोसहितको पहिरो खस्दा सो सडक खण्ड अवरुद्ध बनेको थियो।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो। तुइन खोला, नाम्सी र सिमलतालमा पहिराका कारण एकतर्फी मात्र गाडी चलेका थिए भने अन्य ठाउँमा लेदो खसेर सडक किनारमा थुप्रिएको थियो।

Advertisement

ती स्थानको पहिरो पन्छाएपछि बिहान १० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो। तुइन खोलाको पहिरो निर्माण कार्य गरिरहेको कम्पनी आफैँले हटाएको थियो भने अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको थियो।

सो सडक खण्डमा अझै पनि सिमसिम पानी परिरहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम छ। त्यसैले यात्रा गर्दा विशेष सावधानी अपनाउन सवारी चालक तथा यात्रुलाई आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा वृद्धि
ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल
इलामको यातायात समस्या समाधान गर्न मन्त्री लम्सालको ध्यानाकर्षण
लेटाङको होटलमा युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी
ग्यास अभाव किन ? सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.