सुनकोशीमा खसेको कार र ३ जनाको खोजीमा गोताखोर परिचालन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:५२

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सोमबार सुनकोशी नदीमा कारसहित खसेका व्यक्तिहरूको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ खोजी कार्यका लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली खटाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

खोटाङबाट काठमाडौं तर्फ आउँदै गरेको कारलाई काठमाडौं बाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिँदा कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।

बेपत्ता कार र यात्रुको खोजीका लागि खुर्कोट वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थापाले बताए।

कारमा फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र ठेगाना नखुलेका अर्का एक जना सवार रहेका थिए। उनीहरू सबै जना बेपत्ता छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.