जुलाईमा भित्रिए ७१ हजारभन्दा बढी विदेशी पर्यटक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:५७

काठमाडौं। सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो सङ्ख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो।

सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट २३ हजार ४९० जना पर्यटक भित्रिएका हुन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो।

Advertisement

यस महिना चीनबाट आउने पर्यटकको सङ्ख्यामा भने उल्लेख्य वृद्धि भएको छ। जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको जुलाईमा आएका ६ हजार ८९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए। यसरी चिनियाँ पर्यटकको आगमन कोभिडपूर्वको अवस्थाभन्दा ८.६५ प्रतिशतले माथि पुगेको छ।

त्यसैगरी तेस्रो स्थानमा रहेको अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन्। यस्तै बङ्गलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट आउने पर्यटकको सङ्ख्या सबैभन्दा बढी छ। जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। यद्यपि यो सङ्ख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशतले कम हो।

सार्क राष्ट्रमध्ये भुटानबाट ९९१, श्रीलङ्काबाट ५८१, पाकिस्तानबाट ४७५ र माल्दिभ्सबाट ३९ जना पर्यटक नेपाल आएका छन्।

दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको सोही अवधिमा १३ हजार ५२ जना पर्यटक आएका थिए। यस आधारमा अन्य एसियाली बजारबाट हुने आगमनमा ३३.०५ प्रतिशतले वृद्धि भएको छ। यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिङ्गापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक आएका छन्।

युरोपबाट जुलाईमा ९ हजार २७९ जना (१२.९३ प्रतिशत) पर्यटक नेपाल आएका छन्। युरोपेली देशहरूमध्ये बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक आएका छन्।

त्यस्तै अमेरिकी महादेशका मुलुकबाट ८ हजार ८२४, ओसियानिया क्षेत्रबाट २ हजार ६०७, पश्चिम एसियाबाट ७३६ र अफ्रिकी मुलुकहरूबाट ३२४ जना पर्यटकले जुलाई महिनामा नेपाल भ्रमण गरेका छन्।

तपाइको प्रतिक्रिया
मुन्दडा निवासमा प्रहरी छापाप्रति परिसंघको आपत्ति
भारतीय सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३८ पुग्ने
सैन्य ‘कू’ पछि पहिलो पटक आङ सान सुकी र विदेशी प्रतिनिधिबिच भेटवार्ता
सैन्य ‘कू’ पछि पहिलो पटक आङ सान सुकी र विदेशी प्रतिनिधिबिच भेटवार्ता
संयम र सद्भावले मात्र जोगिन्छ मधेशको शान्ति
कारागार र बाल सुधार गृहको अवस्था दयनीय भएको भन्दै सर्वोच्चमा रिट दायर
नेप्सेमा झिनो गिरावट: कारोबार रकम ४ अर्ब ५७ करोड बढी
मधेशमा बढ्दै खानेपानी संकट, दीर्घकालीन योजना माग
कोशीको मुख्यमन्त्री टुंग्याउन एमालेको बैठक सुरु
कोशीको मुख्यमन्त्री टुंग्याउन एमालेको बैठक सुरु
सद्भाव कायम राख्न अपिल गर्दै शान्ति समाजको प्रदर्शन
सामाजिक सद्‌भाव, रोजगार र सुकुम्बासी समस्याबारे सांसदहरूको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.