सामाजिक सद्‌भाव, रोजगार र सुकुम्बासी समस्याबारे सांसदहरूको ध्यानाकर्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १५:०४

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले देशमा आपसी सामाजिक सद्‌भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्‌भाव कायम गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताए। उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्‌भाव कायम गर्न सरकार अग्रसर हुनुपर्ने उल्लेख गरे।

Advertisement

सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचबिखनका नयाँ स्वरूप देखिन थालेकाले त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताए। बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेकाले यसको रोकथाममा विशेष ध्यान दिन उनले आग्रह गरे।

उनले लामो समयदेखि समाधान हुन नसकेको सुकुम्बासी समस्यालाई पनि प्राथमिकताका साथ बिना ढिलाइ समाधान गर्न सरकारसँग माग गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.