भारतीय सर्वोच्च अदालतमा न्यायाधीशको संख्या ३८ पुग्ने

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १७:२९

एजेन्सी । भारतीय सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित न्यायाधीशको संख्या ३४ बाट बढाएर ३८ पुर्‍याइने भएको छ। न्यायाधीशको सङ्ख्या थप्न ल्याइएको विधेयक लोकसभाबाट बिनाकुनै छलफल पारित भएको हो।

यो विधेयक ऐन बनेपछि मे २०२६ मा जारी गरिएको सर्वोच्च अदालत संशोधन अध्यादेश विस्थापित हुनेछ। नयाँ व्यवस्थाअनुसार भारतका प्रधानन्यायाधीशबाहेक अन्य न्यायाधीशको स्वीकृत संख्या ३३ बाट बढाएर ३७ बनाइनेछ।

Advertisement

लोकसभाको आधिकारिक एक्स ह्यान्डलमार्फत यससम्बन्धी जानकारी सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×