श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङविरुद्ध क्यूआरटीले ‘भण्डाफोर अभियान’ चलाउने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:२८

विराटनगर । श्रम संस्कृति पार्टीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का संयोजक ज्ञानु चाम्लिङले पार्टी स्वेच्छाचारी ढङ्गले सञ्चालन भइरहेको आरोप लगाउँदै ‘भण्डाफोर अभियान’ चलाउने घोषणा गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र विभिन्न विसङ्गति बढेको उल्लेख गरेका छन्। पार्टी नेतृत्वले विधानविपरीत संगठन सञ्चालन गरेको दाबी गर्दै उनले शुद्धीकरण अभियान अघि बढाउने बताए।

Advertisement

चाम्लिङले हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा ३४ जना सदस्यको नाम समावेश छ। पार्टीको जनसंगठनअन्तर्गत सुरुदेखि नै जिम्मेवारी सम्हाल्दै आएको उक्त संगठनलाई सोमबार पार्टी अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत विघटनको घोषणा गरेका थिए।

अध्यक्ष साम्पाङले नयाँ सुरक्षा विभाग गठन गर्ने घोषणा गरेपछि पार्टीभित्रको युवा पंक्ति नेतृत्वप्रति थप असन्तुष्ट बनेको छ।

अध्यक्ष साम्पाङले संगठन सञ्चालनमा एकलौटी निर्णय लादेको, अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको तथा विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप लगाउँदै स्थापनाकालदेखि क्यूआरटीमा रहेका सदस्यहरूले नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

तपाइको प्रतिक्रिया
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’
पहिरोले भासियो सडक
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङविरुद्ध क्यूआरटीले ‘भण्डाफोर अभियान’ चलाउने
विराटनगरको केशव धाममा १ जना मृत फेला
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनकोशीमा खसेका ३ जना अझै फेला परेनन्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.