‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १२:०२

काठमाडौं। भूमि व्यवस्था, सहकारी, गरिबी निवारण तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको समितिले जनाएको छ। यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि रकम नदिन आग्रह गरेको छ।

Advertisement

साथै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र बिना कुनै भ्रम आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.