मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १२:५७

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकारका मुख्यमन्त्री हेरफेरको विषयलाई लिएर पार्टी नेतृत्वप्रति कडा आपत्ति जनाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल र कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको प्रसङ्ग उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी प्रश्न गरेका हुन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं पार्टी सचिव यमलाल कँडेललाई हटाउनुको कारण सोध्दै उनले लेखेका छन्, ‘पार्टीका पुराना नेता, केन्द्रीय सचिव र उहाँले प्रदेश सरकारको नेतृत्व गरेपछि कर्णाली सरकारको ‘इमेज’ समेत सकारात्मक भएको छ। बजेट निर्माण, कार्यान्वयन र सुशासनका पक्षमा राम्रो काम भएको भन्ने आम कर्णालीवासीको बुझाइ रहेको अवस्थामा यामलाल कँडेल र कर्णालीको पार्टीलाई नै सजाय गर्नुपर्ने के परेछ ?’

Advertisement

नेपाली कांग्रेससँगको गठबन्धन बन्दा कर्णालीको मुख्यमन्त्री एमालेले जसरी पनि लिने र वरिष्ठ नेता कँडेललाई नै मुख्यमन्त्री बनाउने भनेर आफूले सचिवालय बैठकमा जोड दिएको कुरा पनि उनले स्मरण गराएका छन्। नेपाली कांग्रेस र एमालेबीचको सहमतिपछि कर्णालीमा एमालेले मुख्यमन्त्री छाडेको प्रसङ्ग उठाउँदै योगेशले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीमा किन रडाको मच्चाइएको भन्दै प्रश्न गरेका छन्।

‘बाँकी मुख्यमन्त्रीहरू यथावत् रहने, कोशीको मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनुपरेको हो? कसैलाई बनाउनुपरे पनि उचित कारण र तर्कसहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुङ्गोमा पुग्ने सुल्टो बाटो किन नहिँडेको होला ?’ उनले प्रश्न गरेका छन्।

नेतृत्वका उचित बाध्यता भए आफूहरूले पनि समझदारी राख्ने उल्लेख गर्दै भट्टराईले साटसुट, ठोकठाक र शक्तिको भाषा प्रयोग गर्नुको साटो पारदर्शी ढङ्गले काम गर्न आग्रह गरेका छन्। कसैका बारेमा एउटा र अरूका बारेमा थरिथरिका मापदण्ड अपनाएर बेला न कुबेला प्रदेश सरकार र मुख्यमन्त्रीको मामला गिजोल्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’
पहिरोले भासियो सडक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.