कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १५:१८
उपचार हुँदै गर्दाको अवस्थामा रवीन्द्रकुमार मेहता ।

काठमाडौं। सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज गोलीकाण्डमा घाइते भइ उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको शव तत्काल नबुझ्ने अडान आफन्तले लिएका छन् ।

उनको मंगलबार बिहान मृत्यु भएपछि आक्रोशित आफन्तहरू गृहमन्त्री नआएसम्म शव नबुझ्ने अडान राख्दै अस्पतालमा धर्नामा बसेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले मृतकका आफन्तहरूले गृहमन्त्री नआएसम्म शव बुझ्न अस्वीकार गरेको जानकारी दिए।

Advertisement

आफन्तहरूले गोली चलाउने प्रहरीलाई निलम्बन नगरिएको, घटनाको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको र दोषीलाई पक्राउ नगरी राज्यले सम्झौताका भरमा घटना सामसुम पार्न खोजेको आरोप लगाएका छन्।

साउन १० गते आइतबार राति देवानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर १० जना घाइते भएका थिए ।

बायाँ तिघ्रामा गोली लागेका रवीन्द्रको विराटनगरस्थित विराट नर्सिङ होममा नसाको शल्यक्रिया गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि र खुट्टा काट्नुपर्ने स्थिति आएपछि गत शुक्रबार एयर एम्बुलेन्समार्फत उनलाई काठमाडौं ल्याइएको उनका दाजु राजेशले बताए ।

उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा काटिए पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन । आइसीयूमा उपचाररत उनको मंगलबार बिहान ११ बजे चिकित्सकहरूले मृत घोषणा गरे ।

रवीन्द्रको मृत्युसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति र देवानगन्ज -३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो।

घटनामा घाइते भएका अन्य सात जनाको अझै उपचार भइरहेको छ। घाइतेमध्ये अमित यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा तथा अन्य घाइतेहरूको विराटनगरका न्युरो र विराट नर्सिङ होममा उपचार जारी छ।

तपाइको प्रतिक्रिया
ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल
इलामको यातायात समस्या समाधान गर्न मन्त्री लम्सालको ध्यानाकर्षण
लेटाङको होटलमा युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी
ग्यास अभाव किन ? सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.