व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १५:५५

विराटनगर । व्यवसायी गोपाल मुन्दडाको घरमा छापा हानेको विषयलाई लिएर कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको छ।

प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पत्र काट्दै छापा मार्नुको कारण, प्राप्त सूचना तथा त्यसलाई पुष्टि गर्ने आधार र प्रमाणसहित ९ बुँदे प्रश्नको जवाफ पेस गर्न निर्देशन दिएका हुन्। जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि र व्यावसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भनिएको छ।

Advertisement

सोमबार बिहान एसपी कटवालको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भई मुन्दडाको निवासमा घेरा हालेर करिब ५ घण्टा छापा मारिएको थियो। छापा मार्दा कुनै आपत्तिजनक वा शंकास्पद वस्तु फेला नपरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।

पर्याप्त प्रमाणीकरण नगरी छापा मारिएको, अपराधीलाई जस्तो व्यवहार गरिएको र व्यवसायीलाई त्रसित बनाएको भन्दै उद्योगी व्यवसायीका संघसंस्थाले प्रहरीको आलोचना गरेका थिए। आलोचना र विवादपछि प्रदेश प्रहरीले एसपी कटवालसँग कुन सूचनाको आधारमा र ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अपरिहार्य कारण के थियो भन्दै स्पष्टीकरण सोधेको हो।

तपाइको प्रतिक्रिया
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा वृद्धि
ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल
इलामको यातायात समस्या समाधान गर्न मन्त्री लम्सालको ध्यानाकर्षण
लेटाङको होटलमा युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी
ग्यास अभाव किन ? सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.