इलाममा मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १२:१७
फाइल तस्बिर

इलाम । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार इलाममा मुसलधारे वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सूचना जारी गर्दै साउन २० गते दिउँसो १ बजेदेखि ३ बजेसम्म मुसलधारे वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव र डुबानको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Advertisement

वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सवारी साधनको यात्रा रोकेर सुरक्षित स्थानमा बस्न प्रशासनले भनेको छ। बाढी र पहिरोको जोखिममा रहेका नदी किनार तथा भिरालो जमिन नजिकका बासिन्दालाई विशेष सजग रहन आग्रह गरिएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ।

विपद्को समयमा सहयोगका लागि १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.