मृतकका परिवारलाई क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १४:४०

काठमाडौं। सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत दिने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Advertisement

सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा घटनाकै दिन एक जनाको र उपचारका क्रममा मंगलबार दिउँसो थप एक जनाको निधन भएको थियो। यस्तै सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.