२० औँ एसियाली खेलकुद: २२ खेलमा नेपालका १३६ खेलाडीले चुनौती दिने

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १९:५१
२० औँ एसियाली खेलकुद: २२ खेलमा नेपालका १३६ खेलाडीले चुनौती दिने

काठमाडौं । जापानको आइची र नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले २२ वटा खेलमा आफ्नो उपस्थिति जनाउने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार यस पटक नेपालबाट कुल १३६ खेलाडीले एसियाकै प्रतिष्ठित खेल महाकुम्भमा प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार सहभागी हुने १३६ खेलाडीमध्ये ८० पुरुष र ५६ महिला रहेका छन् । खेलाडीहरूलाई प्राविधिक रूपमा मार्गदर्शन गर्न ३२ जना प्रशिक्षकको टोली पनि जापान जाने तय भएको छ ।
कुन खेलमा कति खेलाडी
नेपालले यस पटक व्यक्तिगत र सामूहिक दुवै विधामा सहभागिता जनाउँदै छ । सहभागिताको विवरण यस प्रकार छ:
सामूहिक खेल: पुरुष क्रिकेटमा १५ खेलाडी र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन् । कबड्डीमा पुरुष र महिला दुवैतर्फ १२–१२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
मार्सल आर्ट्स: उसुमा ११ (८ पुरुष, ३ महिला), कराँतेमा ८ (३ पुरुष, ५ महिला), बक्सिङमा ७ (४ पुरुष, ३ महिला), जुडोमा ६ (३ पुरुष, ३ महिला), कुस्तीमा ६ (४ पुरुष, २ महिला) र तेक्वान्दोमा २ पुरुष खेलाडी रहनेछन् ।
अन्य खेलहरू:  एथलेटिक्समा ६, टेनिसमा ५, पौडीमा ५, टेबल टेनिसमा ६, गल्फ र सफ्ट टेनिसमा ४–४ खेलाडी सहभागी हुनेछन् । यस्तै, ब्याडमिन्टनमा ४, आर्चरी, साइक्लिङ, स्क्वास र स्केट बोर्डमा समान २–२ खेलाडी तथा क्यानोइ स्लालममा २ र डान्स एन्ड स्पोर्ट्समा १ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

Advertisement

चीनको हाङझावमा भएको १९ औँ एसियाडको तुलनामा यस पटक नेपालको खेलाडी संख्या केही कम देखिएको छ । हाङझावमा नेपालले २९ खेलमा २५३ खेलाडी पठाएको थियो । संख्या कम भए पनि यस पटक नेपालले पदक जित्ने सम्भावना भएका खेलहरूमा बढी केन्द्रित हुने रणनीति लिएको देखिन्छ ।

गत १९ औँ एसियाडमा नेपालले १ रजत र १ कांस्य पदक जितेर ऐतिहासिक सफलता प्राप्त गरेको थियो। कराँतेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए । दुवै विधामा पहिलो सहभागितामै पदक जितेर नेपालले इतिहास रचेको थियो । जापानमा हुने २० औँ एसियाडमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ ।
एसियाली खेलकुदको यो २० औँ संस्करण आगामी असोज ३ गतेदेखि सुरु हुनेछ । जापानको अत्याधुनिक पूर्वाधारमा हुने यस प्रतियोगितामा नेपाली खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको राखेपले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×