निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १४:४५

काठमाडौं । राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रश्न सोध्ने सांसदलाई प्रतिप्रश्न गरेका छन्। सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न गरेपछि मन्त्री गुरुङले ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन’ भन्दै प्रतिप्रश्न गरेका हुन्।

यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै मन्त्री गुरुङले पीडित परिवारको घाउलाई सदनमार्फत बारम्बार नकोट्याउन आग्रह गरे। यसको प्रगतिबारे व्यक्तिगत रूपमा आएर सोध्न आग्रह गर्दै उनले सार्वजनिक रूपमा यसरी पटकपटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिने बताए।

Advertisement

मन्त्रीको जवाफप्रति आपत्ति जनाउँदै सांसद विश्वकर्माले संसद्‌मा प्रश्न सोध्न पाउनु आफ्नो विधायकी अधिकार भएको र मन्त्रीले जवाफ दिनै पर्ने अडान राखेका थिए। त्यसपछि सांसद विश्वकर्माले युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्याका घटना रोक्न सरकारले के गरिरहेको छ भनी अर्को प्रश्न सोधेका थिए। उक्त प्रश्नको जवाफमा गृहमन्त्री गुरुङले यस्ता घटनालाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताए।

तपाइको प्रतिक्रिया
कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.