विराटनगर फर्किएर मुख्यमन्त्री कार्कीले भने, ‘केही दिनमै निकास’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १९:००

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो काठमाडौंबाट विराटनगर फर्किएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटपछि उनी फर्किएका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँगको भेटलाई पार्टीको आन्तरिक छलफल भएको बताए । ओलीले पार्टी कमिटी र प्रदेश कमिटीलाई निर्णय जानकारी गराएको उल्लेख गर्दै उनले अन्य विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरे ।

Advertisement

प्रदेश सरकारका सम्बन्धमा ओलीको धारणाबारे उनले समयक्रममा त्यसलाई पूरा गर्दै जाने प्रतिक्रिया दिए । त्यस्तै, सत्ता सहकार्य र साउन ९ गतेको सहमतिबारे बोल्दै उनले उक्त सहमतिलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा र सरकारको भविष्यलाई लिएर मुख्यमन्त्री कार्कीले सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताए । उनले कांग्रेसको केन्द्रीय नीतिका कारण केही विषय देखिए पनि शुक्रबारदेखि नै छलफल सुरु गरेर केही दिनमै निकास निकाल्ने दाबी गरे

पार्टी इन्चार्जले मार्गप्रशस्त गर्न राजीनामा मागेको भन्ने चर्चाबारे भने उनले यो घरभित्रको आन्तरिक कुरा भएको प्रतिक्रिया दिए । कार्की बुधबार अध्यक्ष ओलीलाई भेट्न उनको निवास गुण्डु पुगेका थिए । कोशी प्रदेशमा सरकार गठन र नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा ओलीसँगको भेटपछि कार्की नै मुख्यमन्त्रीमा कायम रहने निश्चित भएको छ ।

मुख्यमन्त्रीमा कार्की नै, तर कहिलेसम्म ?

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.