पाकिस्तानमा ज्यान गुमाएका आरोही गुरुङको शव स्वदेश ल्याइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १९:१७

काठमाडौं। पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिमपहिरोमा परी गुरुङ र निर्मल पुर्जासहित ६ नेपाली र अन्य गरी १० जना पर्वतारोहीको मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याउन सकिएको हो।

गोरखाको लाप्राक घर भएका गुरुङले १० पटक सगरमाथाको सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमाल २८ पटक सर गरिसकेका थिए।

Advertisement

काठमाडौं ल्याइएको उनको शवमा परिवार, आफन्त तथा शुभचिन्तकहरूले फूल, माला र खादा चढाएर अन्तिम श्रद्धाञ्जली दिए। नेपाल पर्वतारोहण संघको परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा सम्मानस्वरूप राष्ट्रिय झन्डा ओढाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.