देशभर ९७० स्थानमा प्रहरी युनिट स्थापनाको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १७:३२

काठमाडौं । नागरिकको सुरक्षाका लागि देशभरका स्थानीयले ९७० स्थानमा नयाँ प्रहरी युनिट स्थापनाको माग गरेका छन्। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले नयाँ युनिट स्थापनाका लागि १७ हजार १ सय जनशक्ति आवश्यक पर्ने बताए।

प्रहरीले हाल देशभर ७५१ स्थानमा अस्थायी प्रहरी पोस्ट र ६०६ स्थानमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरेको छ। यसका साथै सञ्चालनमा रहेका ४६१ युनिटको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको काफ्लेले जानकारी दिए।

Advertisement

युनिटहरूको स्तर वृद्धि गर्न र नयाँ माग भएका स्थानमा प्रहरी पोस्ट स्थापना गर्न कुल २८ हजार ३८६ जनशक्ति थप गर्नुपर्ने काफ्लेले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.