मुन्दडाको घरमा छापा मार्दा सूचना विश्लेषणमा कमजोरी : प्रहरी प्रवक्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १८:०७

काठमाडौं। विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हानेको विषयमा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले स्वीकार गरेको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डिआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन्।

Advertisement

सूचना प्राप्त भएपछि त्यसको विश्लेषण र भेरिफाइ गर्ने प्रक्रियामा जति काम हुनुपर्ने हो, त्यो नभएको देखिएको प्रवक्ता काफ्लेले स्पष्ट पारे। व्यवसायी मुन्दडाको निवासमा गरिएको प्रहरी कारबाही निष्फल भएपछि विवाद उत्पन्न भएको थियो।

यस घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा एसपी कवित कटवाललाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण समेत सोधेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.