बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १०:५२

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कतै सडक आंशिक रूपमा सञ्चालनमा छ भने कतै पूर्ण रूपमा ठप्प छ।

काठमाडौंको नागार्जुन नगरपालिका-८ स्थित ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड एकतर्फी मात्र चलेको छ। कोशी प्रदेशको भोजपुरस्थित बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आयो। इलामको राजदुवालीमा मेची राजमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ मा निलदोर्जे पर्यटक सडक खण्ड पूर्ण रूपमा बन्द भए।

Advertisement

बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइयो। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भयो। यस्तै, रसुवाको खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक र मकवानपुरको सिमातमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड ठप्प बनेको छ ।

गण्डकी प्रदेशको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर र नवलपरासी पूर्वको गैँडाकोटमा पहिरो खस्दा एकतर्फी रूपमा गाडी चले। मुस्ताङको केकु खोलामा पहिरो जाँदा बेनी-जोमसोम सडक र लमजुङको श्रीचौरमा पहिरो जाँदा बेसिशहर-मनाङ सडक पूर्ण रूपमा अवरुद्ध छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित गोँडपुलमा सिद्धार्थ राजमार्ग र गुल्मीको लेखमा मदन भण्डारी सडक खण्ड पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका विभिन्न स्थानमा पनि बाढीले सडक अवरुद्ध पारेको छ । रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड र मुगुको छायाँनाथ रारामा बाढी आउँदा नाग्म-गमगढी सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.