साहित्य र वातावरण जोड्दै विराटनगरमा ‘काव्य उद्यान’ को उदय

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०८:५०
साहित्य र वातावरण जोड्दै विराटनगरमा ‘काव्य उद्यान’ को उदय

विराटनगर । साहित्य, भाषा र संस्कृतिको संरक्षणसँगै वातावरण जोगाउने फरक सोचका साथ विराटनगरमा ‘काव्य उद्यान नेपाल’ को औपचारिक उद्घाटन गरिएको छ । विराटनगरमा आयोजित एक समारोहका बीच संस्थाको शुभारम्भ गरिएको हो ।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले गमलामा रोपिएको समीको बिरुवामा पानी हालेर र ब्यानर अनावरण गरेर संस्थाको उद्घाटन गरे । उद्घाटनकै क्रममा साहित्यिक गतिविधिलाई हरियालीसँग जोड्दै ‘हरित विराटनगर अभियान’ का अध्यक्ष पारुल क्षेत्रीलाई समीको बिरुवा हस्तान्तरण गरिएको थियो ।

काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको भावी योजनाबारे प्रकाश पारिएको थियो । संस्थाले ओझेलमा परेका प्रतिभालाई मूलधारमा ल्याउने, मासिक साहित्यिक गोष्ठी गर्ने, रचनाहरूको दस्तावेजीकरण गरी पुस्तक प्रकाशन गर्ने र नयाँ पुस्तालाई साहित्यमा आकर्षित गर्न विद्यालयहरूमा ‘विद्यार्थीसँग साहित्य’ अभियान चलाउने लक्ष्य लिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अन्तर्राष्ट्रिय कवि सुमन पोखरेल, प्रा. खेम नेपाली र भरत गुरागाईं लगायतको सहभागिता रहेको थियो । वक्ताहरूले काव्य उद्यानले विराटनगरको साहित्यिक साखलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

समारोहमा संस्थाका १६ जना आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । जसमा सिर्जना प्रसाईं ढुंगाना, शान्ता कर्ण, विक्रम विबंश याक्खा म्यामराज राई, प्रेमप्रसाद रिजाल, अमित साङपाङ राई, दिनेश क्षेत्री, पुरुषोत्तम धमला, डा। प्राची भगत, जयन्त प्रधानाङ्ग, सुनिल पाण्डे, आर्या रिजाल, प्रकाश पोखरेल, कृष्णप्रसाद दवु, कान्ता रिजाल र पूर्णिमा भुर्तेल रहेका छन्।

काव्य उद्यान नेपालको कार्यसमितिमा भूपाल अधिकारी (अध्यक्ष), ऋषि तिवारी (उपाध्यक्ष), केशव रिजाल (सचिव), अंशु गुप्ता (कोषाध्यक्ष) र सुशीला प्रसाईं दंगाल (सहसचिव) रहेका छन् । सदस्यहरूमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाईं सहित ११ जनाको टोली रहेको छ भने भवानीप्रसाद पोखरेलसहित ५ जना सल्लाहकार चयन भएका छन् ।

बहुभाषिक साहित्यिक कार्यक्रम र अनुसन्धानका कार्यलाई समेत अघि बढाउने संकल्प गरेको यस संस्थाले विराटनगरको प्राज्ञिक वातावरणलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×