
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
सोमबार अपराह्न सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच करिब ४० मिनेट कुराकानी भएको हो।
भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
यसअघि प्रधानमन्त्री शाहले विभिन्न मुलुकका राजदूतहरुसँग सामूहिक भेटवार्ता गरेका थिए। अब भने उनले बेग्लाबेग्लै रुपमा भेटवार्ताको क्रम सुरु गरेका हुन्।



















