दुर्घटनामा चालकसहित १० घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १२:३४

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

झुम्सा–सत्यवती-धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका-५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु१ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

Advertisement

सडकबाट करिब ११० मिटर तल खसेको जिप दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

दुर्घटनामा जिप चालक देवकुमार घर्तीसहित अन्य १० जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको छ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घाइतेहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.