मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार २०:२३

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र अझै टुङ्गो नलागेको स्पष्ट पारेका छन्।

संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारमा जाने/नजाने विषयमा विभिन्न चर्चा भइरहेका बेला राईले सामाजिक सञ्जालमार्फत वस्तुस्थिति स्पष्ट पारेका हुन्। उनले आङ्बोले अहिले मन्त्री हुने इच्छा वा दाबी नराखेको बताएका छन्।

Advertisement

राईले लेखेका छन्, ‘मा. इन्द्र आङ्बोले अहिले मन्त्री हुने इच्छा र दाबी राख्नुभएको छैन। म प्रदेश पार्टी इन्चार्ज र प्रदेशसभा सदस्य हुँ, लगातार सम्पर्कमै छौँ। उहाँको दाबी र इच्छा भए मैले थाहा नपाउने कुरै हुँदैन।’

उनका अनुसार आङ्बोको योग्यता र अनुभवका कारण केही साथीभाइले उनलाई सरकारमा जानु राम्रो हुने सुझाव दिएका थिए। सञ्चारमाध्यमहरूले सोध्दा आफूले आफू बाहेक सबैजना मन्त्रीका सम्भावित हुन् भनिदिएको उल्लेख गर्दै राईले मन्त्री को हुने भन्नेबारे छलफलसमेत सुरु नभएको बताएका छन्।

पार्टी सरकारमा सहभागी हुने/नहुने विषय नै टुङ्गो लाग्न बाँकी रहेकाले यसबारे अन्यथा नबुझ्न र भ्रममा नपर्नसमेत राईले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.