तीन निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १०:३१

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायको सिफारिसमा तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केसरमहलस्थित कार्यालयको २०८३ साउन २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २६ गते सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी गराइएको छ।

टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सिफारिसमा टोखा-०८ काठमाडौँस्थित स्पेक्स नेपाल प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति प्रदिप केसी हुन्। त्यसैगरी सडक डिभिजन डोटीको सिफारिसमा गोकर्णेश्वर-०८ काठमाडौँस्थित जेडिएमआर बिल्डर्स प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीका मुख्य व्यक्ति रविप्रकाश सिंह रहेका छन्।

Advertisement

नेपाल विद्युत् प्राधिकरण दरबारमार्गको सिफारिसमा भारतको हैदरावादस्थित एमएस श्रुष्टि कन्टेक प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति राजशेखर रेड्डी र स्मिता शुक्ला हुन्। कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन्। यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू भइसकेको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म कर्णालीमा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.