संखुवासभामा अब अधिकृत बिक्रेताले मात्रै ग्यास बिक्री गर्न पाउने

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ११:३७

संखुवासभा । संखुवासभामा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने निर्णय गरिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ र ग्यास बिक्रेताहरूसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आधिकारिक अनुमति पत्र प्राप्त अधिकृत बिक्रेताले मात्र ग्यास बिक्री गर्न पाउने व्यवस्था गरेको छ।

यस निर्णयबाट अनधिकृत रूपमा हुने बिक्री वितरण र आपूर्ति प्रणालीमा देखिने समस्या नियन्त्रण हुने अपेक्षा गरिएको छ। अब बिक्रेताले तोकिएको मूल्यभन्दा बढी नहुने गरी ग्यास बिक्री गर्नुपर्नेछ। साथै, ग्यास बिक्री गर्दा ग्राहकको नागरिकता वा परिचय खुल्ने कागजातको प्रतिलिपिसहित कसलाई कति ग्यास बिक्री गरियो भन्ने अद्यावधिक अभिलेख राख्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।

प्रशासनले ग्यास बिक्री गर्दा सर्वसाधारण उपभोक्तालाई प्राथमिकता दिन र कालोबजारी तथा कृत्रिम अभाव सिर्जना नगर्न बिक्रेताहरूलाई कडा निर्देशन दिएको छ। सदरमुकाम खाँदबारीमा केही दिनयता एलपी ग्यासको चर्को अभाव देखिएको छ। खाँदबारीमा सातवटा डिलर रहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

सरकारले ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर २ हजार १५० रुपैयाँ तोके पनि खाँदबारीका उपभोक्ताले २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्। ग्यास अभावका कारण सर्वसाधारणका साथै होटल तथा चिया पसल सञ्चालकहरूसमेत प्रभावित भएका छन्। उपभोक्ताको गुनासोपछि प्रहरीले महँगो मूल्यमा ग्यास बिक्री गर्ने एक व्यापारीविरुद्ध कालोबजारीको मुद्दा चलाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×