युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १७:००
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१८ घर भएका २३ वर्षीय प्रहरी जवान आजाद मियाँ बुधबार पक्राउ परेका हुन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर मियाँलाई अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार प्रहरी जवान मियाँविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सञ्चार शाखामा दरबन्दी भएका उनी साउन ४ गतेदेखि त्यहाँ कार्यरत थिए ।

मियाँले विराटनगर–१७ घर भएकी युवतीलाई ललाइफकाइ विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ । घटनासँग सम्बन्धित विस्तृत विषय अनुसन्धानपछि यकिन हुने जानकारी डीएसपी श्रेष्ठले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×