नेप्सेमा दोहोरो अंकको सुधार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १६:००

काठमाडौं। साताको चौथो कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार आएको छ। दिनभर उतारचढावपूर्ण रहेको नेप्से अन्तिम समयमा ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा बन्द भयो। अघिल्लो कारोबार दिन ०.५५ अंक र मंगलबार ०.७९ अंकले बढेको नेप्सेमा बिहीबार ०.३३ प्रतिशतको वृद्धि देखिएको हो। सोमबार भने नेप्से ९.०४ अंकले ओरालो लागेको थियो।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ। ३४७ कम्पनीको ४५ हजार ८२२ पटकको कारोबारमा १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भयो। बुधबार ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।

Advertisement

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ अंकले बढेर ४६४.५९ विन्दुमा पुगेको छ। यस्तै फ्लोट इन्डेक्स ०.३३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ प्रतिशतले उकालो लागे। नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये १७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ। १९ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।

कारोबार भएका १३ उपसमूहमध्ये १० वटाको सूचक हरियाली बनेका छन्। वाणिज्य बैंक ०.३९‚ विकास बैंक ०.५३‚ फाइनान्स ०.०१‚ होटेल तथा पर्यटन ०.३६, जलविद्युत् ०.५६, जीवन बिमा ०.२०, उत्पादन तथा प्रशोधन ०.५७ र लघुवित्त समूह ०.२२ प्रतिशतले बढेका छन्। लगानी समूहको सूचक ०.४९ प्रतिशतले घट्दा व्यापार समूहको सूचक भने यथावत् रह्यो।

तपाइको प्रतिक्रिया
कांग्रेस एकढिक्का हुनेमा नेता कोइराला विश्वस्त
जेलमा आर्थिक लेनदेन रोक्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति स्थगित
इँटा उत्पादनमा रोक लगाउने निर्णय खारेज गर्न मन्त्रालयसमक्ष माग
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
हाटखोला-कटहरी सडक खण्ड तत्काल बनाउन परिसंघको ध्यानाकर्षण
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.