कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १२:४०

काठमाडौं। कोलम्बियाको पश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरिएको छ।

Advertisement

यस कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनता कोलम्बियाली सरकार र जनताको साथमा दृढताका साथ उभिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, भूकम्पका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सफल उद्धारको कामनासमेत गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.